पोखराको लेकसाइड बुलौदी स्थित पुष्पलाल पाकमा रहेको फरेस्ट स्पोर्टस् एण्ड रिक्रियशन सेन्टरमा आउँदो माघ ४ गते (जनवरी १७), आइतबारको दिन विशेष सांगीतिक साँझ आयोजना गरिएको छ ।
मनोरञ्जन र खेलको एकसाथ मज्जा लिनका लागि फरेस्ट स्पोर्टस् एण्ड रिक्रियशन सेन्टर पुग्न सकिनेछ । जहाँ सो साँझ लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीचको खेल बिग स्क्रिनमा हेरेर मनोरञ्जन लिन सकिनेछ ।
नयाँ वर्ष शुरु भएसँगै आफ्ना ग्राहकको मन जित्न विभिन्न कार्यक्रम गरिरहेको सेन्टरले जनवरी १७ मा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको सञ्चालक सुुवास खड्काले बताए ।
आइतवार साँझ लाइभ म्यूजिकको साथमा खेल हेर्दै पारिवारिक वातावरणमा भरपूर मनोञ्जन लिन सकिने उनले बताए । स्वच्छ र शान्त वातावरणमाा अवस्थित उक्त सेन्टर पोखरामा नयाँ टेस्ट दिने उद्देश्यले हालै सञ्लानमा आएको उनले बताए ।
कोरोना माहामारीको बीचमा स्वास्थ्य मापदण्ड पूरा गरेर कार्यक्रम सञ्चालन गरिने खड्कले बताए । खड्का भन्छन्ः ‘फराकिलो क्षेत्र, शान्त र निकै मनमोहक हरियाली जङ्गल बीचमा चराचुरुङ्गी तथा जनावर हेर्न पाइने तथा जहाँसुकै जुनसुकै ठाँउमा बसेर लाइभ म्यूजिकका साथम लाइभ ब्यान्ड, रेष्टुरेन्ट डिनर, स्विमिङ पुल तथा फुटसलको व्यवस्था गरिएकोले लाइभ म्यूजिक तथा गेमको भरपुर मनोरञ्जन लिन सकिनेछ ।’
आइतबार साँझ प्रयत्न श्रेष्ठको प्रस्तुतिमा पाहुना झुम्नेछन् । प्रयत्न युवामाझ निकै लोकप्रिय छन् र सोलो सिङरका रुपमा आफ्नो नाम चिनाउन सफल गायक हुन् । सेन्टरमा फुड, ड्रिन्क, लाइभ म्यूजिक, डिनर, युनिक मेनुको साथमा स्पोर्ट्स लन्च हुनुका साथै उक्त सेन्टरमा स्नुकर, पुल, फुटबल, लाइव्रेरी, इन्टरनेशनल स्विमिङ पुल तथा इन्टरनेशनल स्टयाण्डर्ड फुटसलको सुविधा सहित स्पोर्टस लभरहरुको लागि विशेष अफर सहित छुटको व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
आर्मीको ऐतिहासिक जीत, पहिलो पटक उपाधि उचाल्यो
पोखरा म्याराथनलाई ‘सफल दूध’को पुनः ३ वर्ष मूख्य प्रायोजनमा साथ, १२ वर्ष निरन्तर
चौथो टाइगर कप उपाधि हेल्प नेपाल र एपिएफलाई
भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता
गण्डकी भलिबल टीमका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा निधन
नेपाल १० वर्षपछि टि २० विश्वकपमा छनोट, युएईसँग लियो बदला
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]