चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक श्राेतका अनुसार मंगलबार बेलुका उनकाे निधन भएको हाे । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको हाे । ६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।
रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको निधनमा नेपाली संगीतकर्मी तथा समर्थक शुभेच्छुकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनकाे निधनकाे पहिलाे खबर नै उनकै पेजमार्फत् गराइएकाे थियाे ।
नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।
रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’, चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
रविनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धका तीनवटै रिट सर्वोच्चद्वारा खारेज
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ: गण्डकी नेतृत्व गरी फर्केपछि फेरि मन्त्री
शिक्षामन्त्री विद्या भट्टराई: त्रिविकी पूर्व उपप्राध्यापक ओली क्याबिनेटमा आशालाग्दो अनुहार
प्रधानमन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीले लिए शपथ
केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, सोमबार बिहान ११ बजे सपथ
प्रधानमन्त्रीमा ओलीको दाबी पेस, नियुक्ति र शपथ आइतबार मात्रै
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !