पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते

दुर्घटना

पोखरा रानीपौवामा स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते

स्कुटरसँग ठक्करपछि बाइक बस मुनि परेको थियो

ranipauwa acc

पोखरा ११ रानीपौवामा आइतबार राति दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रपुलबाट रानीपौवातर्फ जाँदै गरेको ग१३प ७४०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको ग१६प ९९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल ना ५ ख १२३ नम्बरको पर्यटक बस अगाडि ठक्कर खान पुगेको थियो ।

मोटरसाइकल चालकको साथमा १९ वर्ष उमेरको क्षितिज नेपाली नाम र पोखरा ३ नदिपुर ठेगाना भएको लाइसेन्स भेटिएको छ । उनी अझै अचेत रहेको र परिवार सम्पर्कमा नआएकाले पुष्टि हुन नसकेको कास्की ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर भानु शर्माले नेपालइस्यूलाई जानकारी दिए ।

घाइते चालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालक पोखरा १३ बाँझापाटन घर भएका सुदीप गुरुङ सामान्य घाइते भएका छन् । उनी उपचार पछि घर फर्किसकेका छन् ।

स्कूटर, मोटरसाइकल र बससहित चालक धादिङ गल्छीका विकी मगरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

राति पौने ११ बजे भएको घटनाको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता