सिरहामा भ्यालेन्टाइन मनाउने नाममा १५ वर्षीया नाबालिकालाई बेहोस हुने गरी बलात्कार गर्ने एक किशोर लहानबाट पक्राउ परेका छन्।
लहान नगरपालिका वडा नं. २ मा कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
यादवले ती किशोरीलाई ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर बेहोश हुने गरी बलात्कार गरेको आरोप छ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । बलात्कृत नाबालिकाको अवस्था गम्भीर छ ।
बलात्कृत नाबालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। पीडित पक्षबाट सूचना पाएपछि बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।
सम्बन्धित खबर
हरेक मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्छ : प्रधानमन्त्री
सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति
झ्याप्ले खोला पहिरो [अपडेट]: ३ बसमा सवार ३५ जनाको शव निकालियो
देशभर ३ दिनमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !