शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो ।
शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारीसाधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।
१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ । चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ७० वर्षीया जुनकिरी रोका, ४१ वर्षीया हरिमाया रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ । उनीहरू सबै एकै परिवारका हुन् ।
बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको ज्वाइँ हुन् ।
‘अस्पतालमा रहेका शंकरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भनेपछि उहाँहरू हिजो काठमाडौं जानुभएको हो, उहाँको हिजै निधन भयो,’ परिवारका एक सदस्यले भने,‘दाहसंस्कारको काम सकेर फर्कँदै गर्दा यस्तो घटना भयो ।’
सम्बन्धित खबर
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
ढोरपाटनका मेयर देवकुमार नेपाली थुनामा पठाइए, ओमबहादुर डेढ लाख धरौटीमा रिहा
गण्डकीमा काँग्रेस-एमालेको साझा संकल्पः लाइसेन्स आफैं छाप्ने, राइड सेयरिङ खोल्ने
विमला भण्डारी गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा नियुक्त
मुख्यमन्त्री पाण्डेले बुझिलिए मन्त्री मनाङेको राजीनामा
मनाङेले दिए राजीनामा, भन्छन्ः ‘वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !