गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार

नयाँ सरकारः

गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार

मनाङेले छैटाैँ पटक मन्त्री बनेर रेकर्ड राखे

sapath phadindra manange

पोखरा । नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तर रहन सघाएकाहरूले तात्तातै मन्त्री पद पाएका छन् ।

गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका हुन् । उनीहरूले मन्त्री  पदको शपथ लिएका छन्

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डेको सिफारिसमा मन्त्रीद्वयलाई सपथ खुवाएका हुन्

उनीहरू आजै मन्त्री नियुक्त भएका थिए । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।

उर्जा मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सम्हाल्दै आएका थिए । भौतिक पूर्वाधार भने मनाङेलाई अघिल्लो कार्यकालमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई दिएका थिए । खगराज अधिकारीले पनि यसै मन्त्रालयमा निरन्तरता दिएका थिए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।

फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।

उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् । उपधारा ३ मा उनलाई माओवादीको ह्वीप लाग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता