ढोरपाटनका मेयर देवकुमार नेपाली थुनामा पठाइए, ओमबहादुर डेढ लाख धरौटीमा रिहा

इमेज सहकारी ठगी प्रकरण :

ढोरपाटनका मेयर देवकुमार नेपाली थुनामा पठाइए, ओमबहादुर डेढ लाख धरौटीमा रिहा

devkumar-ombahadur

पोखरा । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । सँगै मुद्धा अघि बढाइएका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई धरौटीमा छाडिएको छ ।

जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गरिएको हो ।

जिल्ला अदालत बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै