काठमाण्डौ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योगका रुपमा परिचित नाम सुजल फुड्स प्रालिले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुनः बजारमा ल्याउने जनाएको छ ।
सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी ८० र ९० दशकका पुस्ताको लागि यादगार स्वादको प्रतीक बन्न सफल भएको थियो । उबेला ब्ल्याकबल उपनामबाट परिचित यस क्यान्डीको अनौठो पिरो र मिठ्ठो स्वादले सबैको मन जितेको थियो।
सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुनः लन्च गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको कम्पनीको भनाई छ ।
सुजल फुड्सले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने पनि जनाएको छ । पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउने र फेरी एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइने कम्पनीको विश्वास छ ।
नयाँ पुस्तालाई पनि तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेमा कम्पनी ढुक्क छ । सुजल फुड्सले यस रिमझिम बलको पुनः लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्ने पनि जनाएको छ ।
जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाइएको सुजल फुड्स प्रालिले जनाएको छ ।
सम्बन्धित खबर
क्यान्डी रिमझिम बल पुनः बजारमा ल्याउँदै सुजल फुड्स
चाडबाडको समयमा ‘सफल दही एकदम सही’
पोखरा बजारमा ‘सफल सादा दही’
मासिक व्यापार घाटा एक खर्ब
बैद्य इनर्जीले पोखरामा ल्यायो एथर इलेक्ट्रीक स्कुटर
बीवाईडीको नयाँ शोरुम पुलचोकमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]