राष्ट्रपति सत्ताको रोटी मात्रै होइन

राष्ट्रपति सत्ताको रोटी मात्रै होइन

Editorial Sampadakiya

सम्पादकीय 

मुलुकले सङ्घीय गणतन्त्रको अभ्यास गरिरहेको छ । नागरिककै तहबाट राष्ट्रको गरिमामय आलङ्कारिक पद राष्ट्रपति चुनिने संवैधानिक परिपाटी छ । फागनु २५ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेद्वारका लागि राजनीतिक दलहरूले राष्ट्रिय सहमतिको रटान दिए पनि अन्ततः पार्टी कै पात्रमा सीमित भएका छन् । आठ दलीय गठबन्धनले नेपाली काँग्रेसलाई राष्ट्रपति दिने सहमति गर्दा काँग्रेसले रामचन्द्र पौडेललाई पगरी गुथाउने पक्का छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीसँग सहमति गरेका थिए तर राजनीतिमा सहमति पानीको फोका जस्तो बन्यो । दाहालले प्रधानमन्त्री बन्न एमालेसँग सहमति गरे भने पूरै कार्यकाल चलाउन काँग्रेससँग राष्ट्रिय सहमति गरे । सहमतिको तुरूपले सत्ता समीकरण धरापमा पर्ने सङ्केत देखिएको छ । राजनीतिको थकानलाई विश्राम गर्न शितल निवास पुग्ने संस्कारले गरिमामय संस्था र मर्यादित व्यक्तिलाई केवल कठपुतली, रबर स्ट्याम्प र आज्ञाकारी नोकरमा रूपान्तरण गरेको छ ।

दाहालले प्रधानमन्त्री बन्न एमालेसँग सहमति गरे भने पूरै कार्यकाल चलाउन काँग्रेससँग राष्ट्रिय सहमति गरे । सहमतिको तुरूपले सत्ता समीकरण धरापमा पर्ने सङ्केत देखिएको छ । राजनीतिको थकानलाई विश्राम गर्न शितल निवास पुग्ने संस्कारले गरिमामय संस्था र मर्यादित व्यक्तिलाई केवल कठपुतली, रबर स्ट्याम्प र आज्ञाकारी नोकरमा रूपान्तरण गरेको छ ।

राष्ट्रको मियो, संविधानको संरक्षक र निष्पक्ष भूमिका खेल्नु पर्ने राष्ट्रपति पार्टीको नेता नै हुनपर्ने प्रचलन समग्रमा हितकर होइन् । राजनीतिक दलको चास्नीबाट आउँदा संविधान र कानुनको कार्यान्वयनमा राजनीतिकको गुलियोपन आभास हुन्छ । विगतमा राष्ट्रपतिले गरेका निर्णयले संस्था र पदको कद घटेको देखिन्छ । राजनीतिक लाभ लिएको कुरा दृष्टान्तले जरुर पुष्टी गर्छ । देशको आकाशमाथि समस्याको बादल र धरतीमा सास्तीका चाङ छन् त्यसलाई सम्बोधन गर्ने ल्याकत राख्ने राष्ट्रिय व्यक्तित्वको छनौट हुनुपर्नेमा पार्टीकै पोल्टाबाट शितल निवास पुग्दा नागरिकको हार र दलको जित देखिन्छ । मुलुकले यसघडी पनि जनचाहना अनुसार सबैले स्वीकार्ने साझा व्यक्तित्व राष्ट्रपतिका रूपमा नपाउने लगभग पक्का छ । सत्ता स्वार्थको लोभमा फसेका नेतृत्वका कारण नागरिकहरू फेरि निराश हुने छन् ।

देशको आकाशमाथि समस्याको बादल र धरतीमा सास्तीका चाङ छन् त्यसलाई सम्बोधन गर्ने ल्याकत राख्ने राष्ट्रिय व्यक्तित्वको छनौट हुनुपर्नेमा पार्टीकै पोल्टाबाट शितल निवास पुग्दा नागरिकको हार र दलको जित देखिन्छ । मुलुकले यसघडी पनि जनचाहना अनुसार सबैले स्वीकार्ने साझा व्यक्तित्व राष्ट्रपतिका रूपमा नपाउने लगभग पक्का छ । सत्ता स्वार्थको लोभमा फसेका नेतृत्वका कारण नागरिकहरू फेरि निराश हुने छन् ।

भावी राष्ट्रपतिले शितल निवास प्रधानमन्त्रीको शाखा कार्यालय होइन भन्ने यथार्थलाई मनन गर्नुपर्छ । मध्यरातमा हस्ताक्षर गरेर राष्ट्रिय मुद्धालाई सदर गर्नु मात्रै राष्ट्रपतिको काम होइन् । प्रधानमन्त्री कार्यालयबाट जाने पत्रमा तुरुन्तै हस्ताक्षर गर्नु र त्यसको आयामिक असर के पर्छ भनेर विश्लेषण गर्न नसक्नुले नै पटकपटक राष्ट्रपति आफ्नो भूमिकाबाट चुकेको आभास हुन्छ । शितल निवासले मध्यरात मै पनि कार्यसम्पादन गरेका परिदृश्यले लोकतान्त्रिक शासन पद्धतीको खिल्ली उडाएको थियो । संसद्का काम कर्तव्यमा गडबढी हुँदा रेफ्रीको भूमिका जरुर आवश्यक हुन्छ । संवैधानिक प्रावधानमा पनि राष्ट्रपतिले आफ्नो पदीय मर्यादा र गरिमालाई जोगाइ राख्नुपर्छ । संवैधानिक अवयवहरू घाइते हुँदा राष्ट्रपतिले मलम लगाउनु पर्ने दायित्व छ । सन्तुलन र नियन्त्रणका सवालमा पटकपटक नजरअन्दाज गर्दा मुलुक र नागरिकले सास्ती र हैरानी व्यहोर्नु परेको तथ्य पुरानो भएको छैन् । शितल निवासको साख सखाप पार्ने शङ्कास्पद गतिविधि गर्ने छुट राष्ट्रपतिलाई संविधानले दिएको छैन् केवल संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्न निर्देशित गरेको छ ।

संसद्का काम कर्तव्यमा गडबढी हुँदा रेफ्रीको भूमिका जरुर आवश्यक हुन्छ । संवैधानिक प्रावधानमा पनि राष्ट्रपतिले आफ्नो पदीय मर्यादा र गरिमालाई जोगाइ राख्नुपर्छ । संवैधानिक अवयवहरू घाइते हुँदा राष्ट्रपतिले मलम लगाउनु पर्ने दायित्व छ । सन्तुलन र नियन्त्रणका सवालमा पटकपटक नजरअन्दाज गर्दा मुलुक र नागरिकले सास्ती र हैरानी व्यहोर्नु परेको तथ्य पुरानो भएको छैन् । शितल निवासको साख सखाप पार्ने शङ्कास्पद गतिविधि गर्ने छुट राष्ट्रपतिलाई संविधानले दिएको छैन् केवल संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्न निर्देशित गरेको छ ।

नेतृत्वले छिमेकी मुलुक भारतबाट पनि केही कुरा सिक्न आवश्यक छ । राष्ट्रपति पदमा पुग्ने व्यक्तिले राष्ट्रिय जीवनमा केही योगदान दिएको हुनुपर्छ । विद्वान्, वैज्ञानिक र सामाजिक अभियन्ताहरू निर्विवाद छानिने परिपाटी छ । राष्ट्रपति भएका व्यक्तिको सामाजिक सम्मान पनि उत्तिकै हुन्छ । विवाद र किचलोको रेखाभन्दा उनीहरू माथि उठेको देखिन्छ । आठ दलीय सहमातिले राष्ट्रपतिको खाली ठाउँ भर्ने काम त हुन्छ नै तर मुलुकको हितमा कार्यसम्पादन गर्ने साझा व्यक्ति नहुन सक्छ । नागरिक तहमा उत्साह नहुन सक्छ । शितल निवासको शाख र राष्ट्रपतिको सान जोगाने हैषियत भएको व्यक्तिलाई नै नागरिकले श्रद्धा र सम्मान गर्ने छन् । जे भयो सो भयो, कमसेकम राष्ट्रपतिले देश र नागरिकको हुर्मत लिने हर्कतमा सुधार आउनु आवश्यक छ । लोकतान्त्रिक संस्कार र विवेकी निर्णयले ओतप्रोत बन्नुपर्छ । नागरिक सर्वोच्चलाई स्वीकार गरी दम्भ र अहङ्कारलाई पैतालामुनि राख्नुपर्छ । देशकै अभिभावकको भूमिका खेल्नुपर्छ ।

आठ दलीय सहमातिले राष्ट्रपतिको खाली ठाउँ भर्ने काम त हुन्छ नै तर मुलुकको हितमा कार्यसम्पादन गर्ने साझा व्यक्ति नहुन सक्छ । नागरिक तहमा उत्साह नहुन सक्छ । शितल निवासको शाख र राष्ट्रपतिको सान जोगाने हैषियत भएको व्यक्तिलाई नै नागरिकले श्रद्धा र सम्मान गर्ने छन् । जे भयो सो भयो, कमसेकम राष्ट्रपतिले देश र नागरिकको हुर्मत लिने हर्कतमा सुधार आउनु आवश्यक छ । लोकतान्त्रिक संस्कार र विवेकी निर्णयले ओतप्रोत बन्नुपर्छ । नागरिक सर्वोच्चलाई स्वीकार गरी दम्भ र अहङ्कारलाई पैतालामुनि राख्नुपर्छ । देशकै अभिभावकको भूमिका खेल्नुपर्छ ।

– सुरेश रानाभाट

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता