पोखरा । आर्थिक वर्ष (आव) २०७९/८०को प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनमा पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार गण्डकी प्रदेश सरकार तेस्रो स्थानमा रहँदा ६ महानगरमध्ये पोखरा सबैभन्दा कमजोर देखिएको हो ।
२०७९/८० मा हुने कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहको नतिजा निराशाजनक छ । १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक कटाउन पनि असफल छन् ।
स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको छ भने पुछारमा पोखरा महानगरपालिकाा परेको छ ।
भरतपुरले ५६.२९ अंक ल्याएको छ भने दोस्रो भएको बालेन शहर काठमाडौं ३९.०२ मा सीमित छ । वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ ल्याउँदा सबैभन्दा पुछारमा पोखरा महानगरले २०.७४ अंक पाएको हो ।
कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक, अंकभार तथा प्राप्तांक यहाँ हेर्नुहोस्
कार्यसम्पादन_मूल्याङ्कन_वापत_अङ्क_सम्बन्धी_विवरण1१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए, नदिएकोलगायतका आधारमा मूल्याकंन गर्ने गरिएकोे छ ।
यस्तै, आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक कोशीले र सबैभन्दा कम अंक लुम्बिनी प्रदेशले पाएका छन् ।
सबैभन्दा धेरै ल्याउने कोशी प्रदेशको अंक ३०.८९ मात्रै छ । दोस्रो स्थानमा रहेको बाग्मतीले २७.२९ अंक ल्याएको छ भने गण्डकीले २३.०७ अंक पाएको हो । मधेशले २२.३१, सुदूरपश्चिमले २१.०८, कर्णालीले २०.९८ र लुम्बिनीले १६.९९ अंक मात्रै पाएको छ ।
कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार २०७९/८० मा कुनैपनि प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान दिएनन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ ।
सम्बन्धित खबर
मुख्यमन्त्री पाण्डेले बुझिलिए मन्त्री मनाङेको राजीनामा
मनाङेले दिए राजीनामा, भन्छन्ः ‘वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो’
गण्डकीमा एमालेका ४ मन्त्रीले लिए प्रदेश प्रमुखबाट शपथ
सर्वोच्चले भन्यो: ‘गण्डकी सांसद फणिन्द्रलाई माओवादीले गरेको कारबाही असंवैधानिक’ [फैसला सहित]
फ्लोर क्रस गरेका फणिन्द्रको मन्त्री पद ३ दिनमै चट्
गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !