सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

जार र बक्स दुबैमा उपलब्ध

choco-fun-joy

कन्फेक्सनेरी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले ‘चोकोफन जोय’ नामको नयाँ उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार हालै मात्र बजारमा ल्याएको नयाँ उत्पादन ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मल्डेड चकलेट हो, जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मूल्यमा बजारमा उपलब्ध गराइएको छ । यो चकलेट अन्तराष्ट्रियस्तरको सजिलो, सस्तो र उच्चकोटीको भएको कम्पनीको दाबी छ ।

यो चकलेट वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण र स्वादिष्ट रहेको कम्पनीले बताएको छ । मुखमा राख्नासाथ पग्लिने र आनन्द प्रदान गर्ने चोकोफन जोय हेर्दा नै खाऊँखाऊँ लाग्ने देखिन्छ ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ ।

चोकोफन जोय जार र बक्स दुवैमा उपलब्ध गराइएको छ । जार र बक्स दुवैमा उत्पादनका विशेषताहरू राखिएको छ भने जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध गराइएको छ । बजारमा ८ ग्रामको माउथफुल साइजको चोकोफन जोय १० रुपैयाँमा उपलब्ध गराइएको छ ।

सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी हो । आईएसओ २२०००:२०१८ प्रमाणित यो कम्पनी लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।

यस कम्पनीले विगत ५० वर्षदेखि अन्तरास्ट्रियस्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डीलगायत उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीका लोकप्रिय ब्रान्डहरूमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्टलगायत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता