प्रचण्डले राजीनामा नदिने, संसद्‌मा विश्वासको मत सामना गर्ने

सत्ता समीकरण परिवर्तन प्रभाव

प्रचण्डले राजीनामा नदिने, संसद्‌मा विश्वासको मत सामना गर्ने

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।

माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ पौडेलले भने ।

मा‌ओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ‘ के आवश्यकता पर्‍यो संविधान संशोधन गर्ने ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइन’ बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने । उनले कांग्रेस एमालेसँग पनि थप कुराकानी गर्ने जानकारी दिए । ‘धेरै परसम्म मिलेर जाने हो भनिरहेको अवस्थामामा एकातिर एक थोक भन्ने, तुरुप एउटा फाल्ने काम अर्को गर्ने कुराको हामी प्रतिवाद गर्छौं ।’

उनले अब कांग्रेस वा एमालेको सरकार बन्ने अझै ‘क्लियर’ नभएको बताए । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुने उनले उल्लेख गरे । “बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन,” उनले भने ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानकि व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै