काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।
शीतल निवास स्रोतका अनुसार आइतबार ५ बजेसम्मको समय दिइएकाले आइतबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ सपथ गराइने भएको छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।
३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका अोली असार २८ गतेकै दिन प्रधानमन्त्री बन्नेगरी शेरवहादुर देउवाकै समर्थनमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न गएका थिए ।
ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए ।
प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल हुँदै खुमलटार सरिसकेका छन्
सम्बन्धित खबर
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धका तीनवटै रिट सर्वोच्चद्वारा खारेज
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ: गण्डकी नेतृत्व गरी फर्केपछि फेरि मन्त्री
शिक्षामन्त्री विद्या भट्टराई: त्रिविकी पूर्व उपप्राध्यापक ओली क्याबिनेटमा आशालाग्दो अनुहार
प्रधानमन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीले लिए शपथ
केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, सोमबार बिहान ११ बजे सपथ
प्रधानमन्त्रीमा ओलीको दाबी पेस, नियुक्ति र शपथ आइतबार मात्रै
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !