सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिट खारेज गरी निर्देशनात्मक आदेश दिएको हो।
२०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकाले उत्प्रेषणको आदेश जारी गरिहनुनपर्ने भएकाले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।
लिखित फैसला आउन समय लाग्ने भएकाले न्यायाधीशद्वयले आफ्नो राय किताबमा आदेशको ब्यहोरा उल्लेख गरेको र सो सर्वोच्च अदालतको वेवसाइटमा समेत अपलोड भएको अधिवक्ता लुईंटेलले जानकारी दिए।
टिकटक बन्द गर्ने निर्णयलाई चुनौती दिँदै अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाको पहिलो निवेदन सहित चौधवटा रिट निवेदन दायर भएका थिए।
सम्बन्धित खबर
‘प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्’
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
गण्डकीमा काँग्रेस-एमालेको साझा संकल्पः लाइसेन्स आफैं छाप्ने, राइड सेयरिङ खोल्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न सर्वोच्चद्वारा निर्देशनात्मक आदेश
विमला भण्डारी गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा नियुक्त
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]